शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै

आइतवार, मंसिर १६, २०७५, । 

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको छ ।

यता, हिलायलन शेर्पाको पनि १० अंक नै रहेको छ । आजको खेलमा दवै टिम जितको खोजीमा हुने छन् ।

त्यस्तै, आजै ११ बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा नै फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको ११ औं स्थानमा मछिन्द्र रहँदा १३ औं स्थानमा फ्रेन्ड्स क्लब रहेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आज २ बजेर ३० मिनेटमा ब्रिगेड ब्वाइज क्लबले जवलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, मंसिर १६, २०७५ (December 2, 2018, 9:06 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै