Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै

User Photo
आइतवार, मंसिर १६, २०७५

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको छ ।

यता, हिलायलन शेर्पाको पनि १० अंक नै रहेको छ । आजको खेलमा दवै टिम जितको खोजीमा हुने छन् ।

त्यस्तै, आजै ११ बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा नै फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको ११ औं स्थानमा मछिन्द्र रहँदा १३ औं स्थानमा फ्रेन्ड्स क्लब रहेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आज २ बजेर ३० मिनेटमा ब्रिगेड ब्वाइज क्लबले जवलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.