Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी पर्यटकको मृत्यु

User Photo
आइतवार, फाल्गुन १९, २०७५

पोखरा । प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानियाका नागरिक ४२ वर्षीया एड सिजरकाे मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


advertisement

एक जना प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो । उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको प्रहरी स्रोतले बतायो ।

राहदानी अनुसार उनी नौ जना साथीहरुसहित २३ फेब्रुअरीमा नेपाल आएका थिए । उनले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट फेब्रुअरी २५ तारिखदेखि मार्च ११ सम्म सोलो उडान पर्मिट लिएका थिए ।

जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी तालमा खसेको अनुमान गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.