Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

श्रीलंकाको लज्जास्पद हार

User Photo बिहिबार, फाल्गुन २३, २०७५

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले लज्जास्पद हार खेपेको छ ।
बुधबार राति भएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक सय १३ रनले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५१ रन बनाएको थियो । दुई सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाको जितमा म्यान अफ दी म्याच घोषित क्विन्टन डीककले ९४ रन बनाए । उनले ७० बलको सामना गरेका उनले १७ चौका र एक छक्का प्रहार गरेका थिए ।

कप्तान फाफडु प्लेसि ५७, रजा हेनरडिक्स २९, डेविड मिलर २५ र वियन मूल्डरले १७ रन बनाए । बलिङमा श्रीलंकाका थिसेरा परेराले तीन विकेट लिए । कप्तान लाथिस मलिंगा र धनन्जय डी शिल्भाले दुई दुई तथा विश्व फर्नान्डो, कसुन रजिथा र अलिका धनन्जयले एक एक विकेट झारेका थिए ।

श्रीलंकाका लागि ओशद फर्नान्डोले सर्वाधिक ३१ रन बनाए । कुशल मेन्डिस २४, थिसेरा परेरा २३, धनन्जय डी शिल्भा १५ र अभिस्का फर्नान्डोले १० रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । श्रीलंकालाई सस्तोमा समेट्न दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन तथा लुगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले दुई दुई विकेट लिएका थिए ।

जितसँगै पाँच खेलको वान डे सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । तेस्रो खेल आइतबार हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.