Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

नेपालले सिंगापुरलाई दियाे ३२७ रनको विशाल लक्ष्य

User Photo शुक्रबार, असार २०, २०७६
काठमाण्डाै ।

ऋत गौतमको शतकसँगै नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.