Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

रंगशालामा फुटबल समर्थकमाथि प्रहरीकाे लाठी, पत्रकार माथि पनि दुर्व्यवहार

प्रहरी द्वारा रंगशालामा कुटिए दर्शक

मङ्लबार, मंसिर २४, २०७६
काठमाण्डाै ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।

उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.