Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल आज देखि दशरथ रंगशालामा सुरु हुँदै

पहिलो खेलमा एनआरटी र जाउलाखेल युथ क्लब भिड्दै

User Photo सोमवार, पुस २१, २०७६
काठमाण्डाै ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेलहरु आज देखि सुरु हुँदैछन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झरीका कारण दुई दिन स्थगित गरेको खेल दशथ रंगशालामा पुनः सुचारु गर्न लागेको हो ।

दिउँसो १२ः०० बजे हुने पहिलो खेलमा एनआरटी र जाउलाखेल युथ क्लब भिड्नेछन् । जाउलाखेल एनआरटीलाई हराएर शीर्ष स्थानमा लम्कने योजनामा छ । अहिले जाउलाखेल आठ अंक सहित तालिकाको चौथो स्थानमा छ । एनआरटीको चार अंक छ ।

३ः०० बजेको दोस्रो खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ र मच्छिन्द्रको भिडन्तलाई फाइनल सरह मानिएको छ । लिगमा १० अंक सहित शीर्ष स्थानमा रहेको मनाङलाई नौ अंक सहित दोस्रो स्थानमा रहेको मच्छिन्द्र बलियो टक्कर दिने तयारीमा छ । मनाङलाई हराएमा मच्छिन्द्रले शीर्ष स्थान ओगट्ने छ ।

मच्छिन्द्रमा गतबर्ष मनाङबाट खेलेका अधिकांश खेलाडीको बाहुल्यताछ । त्यसैले यसपटको मच्छिन्द्र पुरानो मनाङ बनेको छ । मनाङ पनि युवा र अनुभवी खेलाडीको साथले बलियो अवस्थामा छ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल्न जानुअघि डिस्को कान्डमा मुछिएका अन्जन बिष्ट आजै मनाङबाट खेल्दैछन् । अन्जन ४५ दिनको प्रतिबन्ध र ५० हजार जरिवानाको कारवाही प्रक्रिया सकेर पुनः खेलमा फर्किन लागेका हुन् ।

एन्फा र क्लबले गरेको लगानीका हिसावले सहिद स्मारक ‘ए’ डिभिजन लिग नेपालकै सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो । लिगका लागि एन्फाले ६ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । प्रत्येक क्लबले लिगको बजेट ८० लाख देखि डेढ करोड रुपैयाँसम्म तय गरेका छन् । यसपटक मच्छिन्द्रले लिग च्याम्पियन बन्ने लक्ष्य सहित दुई करोड रुपैयाँ लगानी गरेको दावी गरिरहेको छ ।

लिगको विजेताले ५० लाख र उपविजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो हुने टोलीले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगमा हरेक खेलको विजेताले ५० हजार रुपैयाँ छुट्टै प्राप्त गर्नेछ । खेल बराबरी भएमा १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी विधागततर्फ उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाएका छ् । लिगको फेयर प्ले टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । एन्फाले सहभागी १४ वटै क्लबलाई लिगको तयारी खर्च स्वरुप २० लाख रुपैयाँ प्रदान गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.