
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे प्रतियाेगिताकाे च्याम्पियन बनेकाे छ । नेपालकाे तर्फबाट ८ स्वर्ण, ४ रजत र ९ कास्य गरी जम्मा २१ पदक जित्दै नक्साल डाेजाे टिम प्रतियाेगिताकाे च्याम्पियन बनेकाे हाे ।
नक्साल स्थित स्टार भेन्यु पार्टी प्यालेसमा पाैस २७ र २८ गते सम्पन्न भएकाे प्रतियाेगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका र पाकिस्तान गरी ५ राष्ट्र सहभागि थिए । जसमा नेपाल पहिलाे, बङ्गलादेश दाेस्राे, भारत तेस्राे, श्रीलंका चाैथाे र पाकिस्तान पाँचाै भएका छन ।
नेपालका लागी नक्सालका डाेजाे टिमका प्रतिका कुवर, रमिता माझि, जस्मिना खडका, बिनु माझी र छिरिङ डाेल्मा शेर्पाले महिला तर्फ स्वर्ण जिते । त्यसैगरी पुरूष तर्फ पन्सुल महर्जन, राेजन अधिकारी, साेनाम बलामीले स्वर्ण प्राप्त गरे ।
नेपालका तर्फबाट नक्साल डाेजाे टिमकी बिनु माझि उत्कृष्ट खेलाली घाेषित भइन। उनले फाइनलमा बिग बुद्धकी मिनु गुरूङलाई हराएकी थिइन ।
पाैष २७ देखी दुई दिन सञ्चालन भएकाे प्रतियाेगिता पाैष २८ गते भव्य समाराेहका बिच समापन भएकाे थियाे ।

पुरस्कार ग्रहण पछी खुसी साटदै खेलाडीहरू