Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन

नक्साल डाेजाे टिमकी बिनु माझि उत्कृष्ट खेलाली घाेषित

User Photo बुधबार, माघ १, २०७६
काठमाण्डाै ।

२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे प्रतियाेगिताकाे च्याम्पियन बनेकाे छ । नेपालकाे तर्फबाट ८ स्वर्ण, ४ रजत  र ९ कास्य गरी जम्मा २१ पदक जित्दै नक्साल डाेजाे टिम प्रतियाेगिताकाे च्याम्पियन बनेकाे हाे ।

नक्साल स्थित स्टार भेन्यु पार्टी प्यालेसमा पाैस २७ र २८ गते सम्पन्न भएकाे प्रतियाेगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका र पाकिस्तान  गरी ५ राष्ट्र सहभागि थिए । जसमा  नेपाल पहिलाे, बङ्गलादेश दाेस्राे, भारत तेस्राे, श्रीलंका चाैथाे र पाकिस्तान पाँचाै भएका छन ।

नेपालका लागी नक्सालका डाेजाे टिमका प्रतिका कुवर, रमिता माझि, जस्मिना खडका, बिनु माझी र छिरिङ डाेल्मा शेर्पाले महिला तर्फ स्वर्ण जिते । त्यसैगरी पुरूष तर्फ पन्सुल महर्जन, राेजन अधिकारी, साेनाम बलामीले स्वर्ण प्राप्त गरे ।

नेपालका तर्फबाट नक्साल डाेजाे टिमकी बिनु माझि उत्कृष्ट खेलाली घाेषित भइन। उनले फाइनलमा बिग बुद्धकी मिनु गुरूङलाई हराएकी थिइन ।

पाैष २७ देखी दुई दिन सञ्चालन भएकाे प्रतियाेगिता पाैष २८ गते भव्य समाराेहका बिच समापन भएकाे थियाे ।

पुरस्कार ग्रहण पछी खुसी साटदै खेलाडीहरू


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

2 responses to “२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन”

  1. बधाइ ! नक्साल डाेजाे टिमलाइ पनि धन्यवाद तथा बधाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.