Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

त्रिकोणात्मक सिरिज: ओमान र अमेरिकाबीच प्रतिस्पर्धा आज

अमेरिकन टोली पहिलोपटक नेपालमा

User Photo बिहिबार, माघ २३, २०७६
काठमाण्डाै ।

नेपालमा भइरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलोपटक नेपालमा भइरहेको सिरिजमा बुधवार घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको ओमानी टोली लयमा छ । अमरिका भने सिरिजको पहिलो खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आईसीसीले ओडीआई विश्वकपको लागि नयाँ रोडम्याप लागू गरेपछि यस्तो सिरिज गत अगष्टबाट सुरु भएको हो । ७ टोली सहभागी यस लिगमा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई हराएपछि ओमान १० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । आजको खेलमा अमेरिकालाई पराजित गर्दै अंक बराबरी गर्ने अवसर ओमानलाई छ ।

सन् २०१० पछि अमेरिकन टोली पहिलोपटक नेपाल आएको हो । अमेरिकी कप्तान सौरभ नेत्रभालंकरले नेपाली मौसममा एडजस्ट हुन समय लाग्ने बताएका थिए । यद्यपि, अमेरिकाले मंगलवार नेपालसँग अभ्यास खेल खेलेको थियो । मूलपानीमा भएको खेलमा अमेरिकन टोली ७४ रनमा अलआउट हुँदै ३७ रनले पराजित भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.