Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

केभिन ओ’ब्रायनले फेरि काठमाडौंबाट इपीएल खेल्ने

काठमाडौं द्वारा ओ’ब्रायन याे सिजनको पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध

User Photo मङ्लबार, फाल्गुन १३, २०७६
काठमाण्डाै ।

आइरिस क्रिकेटर केभिन ओ’ब्रायनले यस सिजनको एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० पनि काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् ।

काठमाडौंले ओ’ब्रायनलाई यस सिजनको पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन पनि उनले काठमाडौंबाटै खेलेका थिए । उनले ७ खेलमा ९ विकेट लिएका थिए । यस्तै ब्याटिङमा १५४ रन बनाएका थिए ।

केभिन ओ’ब्रायनले सन् २००६ मा आयरल्याण्डको टिममा डेब्यु गरेयता ३ ओडीआई विश्वकप, ५ टी-२० विश्वकप खेलिसकेका छन् ।

आयरल्याण्डका लागि उनले ३ टेष्ट, १४५ ओडीआई र ९३ टी-२० खेलिसकेका छन् । उनी तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो आइरिस खेलाडी समेत हुन् ।

‘केभिन ओ’ब्रायन विश्व स्तरीयल खेलाडी हुन् । मैदानभित्र र बाहिर उनको नेतृत्वदायी क्षमताले गर्दा उनी टिमको महत्वपूर्ण सदस्य बनेका छन् । केभिन काडमाडौंको लागि फेरि खेल्न उत्सहित छन् ।’ काठमाडौं किंग्स ११ का सिइओ राजजंग थापाले विज्ञप्तीमा भनेका छन् ।

आयरल्याण्डको लागि टेष्टमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत रहेका ओ’ब्रायनले २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका थिए । उनकै शतक मद्दतमा आयरल्याण्डले इंग्ल्याण्ड विरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो ।

काठमाडौंले यस सिजन प्लेअर ट्रेडमार्फत सोमपाल कामीलाई चितवन टाइगर्स पठाउँदै त्यहाँ दीपेन्द्र सिंह ऐरीलाई भित्र्याएको छ। यस्तै सन्दीप लामिछानेलाई पनि ट्रेडमार्फत साविक विजेता ललितपुर प्याट्रिट्सबाट भित्र्याएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.