Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

Trending :

No tags found.

८–२ को लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त

काठमाण्डाै ।

स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् ।

च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो ।

बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’

यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।

कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading