Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

राष्ट्रिय फुटबल खेलाडी भरत साह कैलालीको लम्किचुहा ३ मा सम्मानित

User Photo सोमवार, अशोज १२, २०७७
लम्की, कैलाली ।

राष्ट्रिय फुटबल खेलाडी भरत साहलाई कैलालीको लम्किचुहा ३ व्यावस्थितनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाल पुलिस क्लबका क्याप्टेन समेत रहेका शाह लाई सम्मान गरिएको लम्किचुहा वडा नम्बर ३ वडा अध्यक्ष भक्त बहादुर चलाउनेले जानकारी दिनु भयो ।

नमस्ते युथ ग्रुपका अध्यक्ष छवि जैसी को अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथी लम्किचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त चलाउने रहनु भएको थियो भने बिशिस्ट अतिथिमा खेलाडी भरत शाह, युवा समाजसेबी बिरेन्द्र शाही, घनश्याम डाङ्गी रहनु भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी चलाउनेले खेलाडी भनेका राष्ट्रका गहना भएकाले खेलाडिको सबैले सम्मान गर्नु पर्ने बताउनु भयो । त्यसमा पनि भरत शाह हाम्रो क्षेत्रका खेलाडी भएकाले सबैले गर्भ गर्नु पर्ने बताउनु भयो । यस क्षेत्रबाट पनि खेलाडी उत्पादन हुन सक्ने भएकाले युवाहरु लाई खेल प्रती चासो दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिती खेलाडि शाहले खेलकुदको लागि लम्की चुहा उर्वर भुमी भएकाले राम्रो खेलाडी उत्पादन हुन सक्ने स्थानिय सरकारले खेलकुदमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा लम्किचुहा नगर स्तरिय खेलकुद विकास समिति का सदस्य बिरेन्द्र शाही, युवा समाजसेवी घनश्याम डाङ्गी, खेलाडी दिपेन्द्र बटाला, उमेश शाही, स्थानिय पुर्व खेलाडि मान बहादुर बस्नेत लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा खेलाडी भरत शाह को पहलमा क्लब का पुर्व खेलाडी शुभाष रावल को सहयोग मा रु. २५००० बराबरको खेल सामग्री क्लबलाइ हस्तान्तरण गरिएको थियो ।

क्लबका उपाध्यक्ष दिपेन्द्र रावलको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन कोपिला सामुदायिक वन का सचिव रङ्ग रावलले गर्नु भएकोथियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.