Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुन्दन सिंहको निधन

User Photo आइतवार, पुस २६, २०७७
काठमाण्डाै ।

मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ ।

महोत्तरीको जलेश्वर-९ फुल्हटा निवासी सिंहको २५ वर्षको उमेरमा घरमै निधन भएको हो । प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान सिंह मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेपछि उनको डायलसिस गरिँदै आएको थियो ।

क्रिकेट एसोसिएसन अफ नेपालले सिंहको निधनबाट स्तब्ध भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेको छ । अभ्यासकै क्रममा मिर्गौलामा समस्या देखिएपछि एक वर्षयता उनी नियमित डायलसिसमा थिए । आर्थिक अवस्था कमजोर भएका उनको रकम संकलन गरेर उपचार भइरहेको थियो । विद्यालय पढ्दै गर्दा बुबा–आमा गुमाएका उनी मामा अनोज सिंहसँग जलेश्वरमा बस्दै आएका थिए ।

राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उनले चारपल्ट यू–१६, तीनपल्ट यू–१९ र तीनपल्ट खुला प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाएका थिए । दोस्रो प्रधानमन्त्री कप सकेपछि एकेडेमी भर्ना भएका उनी अभ्यासका क्रममा बिरामी भएका थिए । त्यसपछि वीर अस्पताल भर्ना हुँदा उनमा मिर्गौलाको समस्या देखिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.