Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

एभरफन चकलेट बालबाटिका क्रिकेट लिग (बिसिएल) सिजन २ आज बाट सुरु

User Photo शनिबार, फाल्गुन १, २०७७
बौनिया, कैलाली ।

दोस्रो संस्करणको एभरफन बालबाटिका क्रिकेट लिग २०७७ सिजन २ (बिसिएल) को आज बाट सुरु भएको छ । कैलालीको बर्दगोरीया गाँउपालीका वडा नम्बर ४ मुडा मैदानमा खेलको उद्घाटन भएको हो ।

आज बाट सुरु भएको दोस्रो संस्करणको एभरफन बालबाटिका क्रिकेट लिग (बिसिएल)मा नव बाल बाटिका बिद्या मन्दीर बौनिया,मोहोन्याल मा।वि बास्कोटी,पायर्नस एकेडमी लम्की, नाता एकेडेमी लम्की,कैलाली नेशनल लम्की,गुरुकुल मोतीपुर,सर्वोदय बिद्या मन्दीर गुलरा, सन्त निरंकारी टिकापुर, गणेश बाबा ईग्लीस स्कुलटिकापुर,युनाईटेड एकेडेमी टिकापुर,आर।एम।ई।स्कुल टिकापुर,भुवनेश्वरी मावि कञ्चनपुर, सारदा सरस्वती मा.बि कञ्चनपुर,लिटील बुद्ध कञ्चनपुर,उईज्डम एकेडेममी कञ्चनपुर र लिटील फलावर धनगढी सहभागी रहेका छन ।

“व्यक्तित्व विकास, पारस्परिक सहयोग एवं स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ आज बाट बाट १४ गते सम्म क्रिकेट प्रतियोगिता संचालन हुने बताइएको छ । विद्यालय स्तरबाटै सबल, सक्षम, सृजनशील र अनुशासित क्रिकेट खेलाडीहरू उत्पादन गर्ने तथा बौनियालाई पनि क्रिकेट सहरको रूपमा चिनाउने उद्देश्यले क्रिकेट लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्ले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार ११ सय १ रुपैयाँ र द्धितिय हुनेले ५७ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता लिक कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा सुरु भएको हो ।

गत वर्षका संस्करण जस्तै यसपटक पनि प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछ्न भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । आयोजककाअनुसार प्रतियोगितामा सहभागी नव उदयिमान खेलाडीले नगद ५ हजार तथा लीग चरणका हरेक खेलक म्यान अफ दी म्याच लाई नगद ५ सय र स्व. रकमलाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनल खेलमा म्यान अफ दी म्याच लाई नगद ३ हजार प्रदान गरिने छ ।

आज नव बालबाटिका र भुवनेश्वरि माध्यमिक बिधालय गड्डाचौकि महेन्द्रनगर बिच भएको पहिलो खेलमा आयोजक नव बाल बाटिका बिजय भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.