Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

खेलकुद महासंघ द्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

User Photo आइतवार, जेष्ठ २, २०७८
काठमाण्डाै ।

नेपाल खेलकुद महासंघले ट्राफिक महाशाखा रामशाहपथ, काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

नेपाल खेलकुद महासंघले काेराेना विरूद्ध देशव्यापी अभियान चलाइरहेकाे छ ।

‘नेकाेसकाे अभियान, काेभिड-नाे भिड’ भन्ने मुल नाराका साथ देशभर विभिन्न गतिविधी गरिरहेकाे महासंघले बताएकाे छ ।

ट्राफिक महाशाखा रामशाहपथ, काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.