साफ च्याम्पियनसिप

अल्मुताइरीको पक्षमा नारा सहित साफ उपविजेता नेपाली टोलीकाे भव्य स्वागत

सोमवार, कार्तिक १, २०७८, काठमाण्डौ । 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थित भएका थिए । टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै फुटबलको विकासका लागि मन्त्रालयबाट सक्दो पहल गर्ने बताए । फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

सोमवार, कार्तिक १, २०७८ (October 18, 2021, 1:09 pm) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै