Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

अल्मुताइरीको पक्षमा नारा सहित साफ उपविजेता नेपाली टोलीकाे भव्य स्वागत

User Photo सोमवार, कार्तिक १, २०७८
काठमाण्डौ ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थित भएका थिए । टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै फुटबलको विकासका लागि मन्त्रालयबाट सक्दो पहल गर्ने बताए । फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.