Naya Media
आइतवार, असार २१, २०८३
| | July 5, 2026
आइतवार, असार २१, २०८३

स्वर्गीय एकेन्द्र बडुवाल स्मृति खेलकुद पुरस्कार २०८०, खेलाडी तथा प्रशिक्षक ढकाल लाई

User Photo शुक्रबार, पुस १३, २०८०
कैलाली ।

खेलकुद जगतमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले वर्ष २०८० खेलाडी पुरस्कार खेलाडी तथा फुटबल प्रशिक्षक कपिल ढकाल लाई प्रधान गरिएको छ । एकेन्द्र बडुवाल स्मृति कप तेस्रो ब्याडमिन्टन प्रतियोगिता २०८० को अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

कदर पत्रमा यस्तो लेखिएको छ “वि.सं. २०४८ साल कार्तिक ११ गते पिता श्री रामशरण ढकाल तथा माता स्व. धना देवी ढकालका कोखबाट लम्कीचुहा नगरपालिका वडा नं. १ मा जन्मनु भएका तपाई श्री कपिल ढकाल ज्यूले छैठौं राष्ट्रिय खेलकुद २०६८ मा स्वर्ण पदक (फुटबल), नेपालको सबैभन्दा प्रतिष्ठित शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबबाट २०७० देखि २०८० सम्म चारवटा संस्करणमा सहभागी, राष्ट्रिय लिग २०७१ मा सहभागी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भई हाल आफ्नै ठाउँमा बालबालिकाहरुलाई फुटबल गतिविधिमा संलग्न गराई रहेकोले खेलकुद जगतमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले वर्ष २०८० खेलाडी पुरस्कार (नगद रु. ५,०००/-) सहित एकेन्द्र बडुवाल स्मृति कप तेस्रो ब्याडमिन्टन प्रतियोगिता २०८० को अवसरमा यो सम्मान पत्र प्रदान गर्दछौं। साथै यहाँको सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर उन्नतीको कामना गर्दछौं।”

# खेलकुद # सुदुरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.