Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

खेलाडीलाई फरक सुविधासहित प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र

User Photo बुधबार, असार २६, २०८१
काठमाण्डौ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ ।

राखेपका सदस्य- सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरे ।

बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।

प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणको लागि निःशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् ।

सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले परिचय पत्रवाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

# खेलकुद # नेपाली खेलकुद # राखेप

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.