Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

धेरै चलाउदा स्मार्टफोन तात्ने समस्याकाे समाधान, वैज्ञानिकले बनाए पशिना आउने माेवाइल

चीनका वैज्ञानिकहरूद्वारा भयाे नयाँ प्रविधिको विकास

User Photo शुक्रबार, माघ १०, २०७६
काठमाण्डाै ।

लगातार लामो समयसम्म चलाइरहँदा स्मार्टफोन तात्नु सामान्य हो । कहिलेकाहीँ स्मार्टफोन निकै तातेपछि केहीबेर त्यसलाई आराम दिनै पर्दछ । प्रयोग गरिरहनुपर्ने स्मार्टफोन तातेर प्रयोगकर्तालाई दिक्क पार्ने यो समस्याको वैज्ञानिकहरूले गज्जबको समाधान निकालेका छन् ।

हो, वैज्ञानिकहरूले स्मार्टफोनमा पसिना आउने प्रविधिको विकास गरेका छन् । जब स्मार्टफोन तात्नेछ, त्यसबाट पसिना निस्कनेछ । उक्त पसिनाले स्मार्टफोनको तापक्रम घटाउन सहयोग गर्नेछ ।

मानिसलगायत कतिपय जनावरहरूको शरीरमा पसिना ग्रन्थीबाट निस्कने पसिनाकै कारण शरीरको तापक्रम सन्तुलित हुन्छ ।

मान्छेको यही प्रणालीलाई वैज्ञानिकहरूले मोबाइल फोनमा उपयोग गरेका छन् । स्मार्टफोनको तापक्रम कम गर्नका लागि करिब तीनवटा कपालका रौँजत्तिकै मोटाइको एउटा लेपनको सहारा लिएका छन् । उक्त कोटिङ्गले पसिनाको रूपमा पानी उत्सर्जन गर्नेछ । यसको वाष्पीकरणबाट स्मार्टफोनको तापक्रम सन्तुलनमा आउँदछ र बढ्न पाउँदैन ।

चीनका वैज्ञानिकहरूले यो प्रविधिको विकास गरेका हुन् । उनीहरूका अनुसार अहिले तत्कालै यो प्रविधि निकै महँगो पर्ने भए पनि भविष्यमा यसलाई इलेक्ट्रोनिक्स डिभाइसहरूमा आम रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।

यो प्रविधिको प्रयोग स्मार्टफोनमात्र नभई सबै खाले इलेक्ट्रोनिक्स डिभाइसहरूमा गर्न सकिनेछ । यसको मद्दतले ग्याजेटहरूको ओभर हिटिङको समस्याबाट पार पाउन सकिने दाबी गरिएको छ ।

शांघाई युनिभर्सिटीमा रेफ्रिजेरेसन इन्जिनियरिङका प्राध्यापक तथा शोधकर्ता रुजु वांगका अनुसार यस माइक्रोइलेक्ट्रोनिक्सको विकास गरी थर्मल म्यानेजमेन्टको नयाँ प्रविधिलाई विद्युत्तीय उपकरणहरूमा प्रयोग गर्न सकिन्छ, जुन उपकरणहरू कसिलो प्याकिङका कारण छिटो तात्ने हुन्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.