
कोरोना भाइरस (कोभिड–१९) महामारीले मानिसको दैनिक जीवनमा परिवर्तनहरू ल्याइदिएको छ। ती परिवर्तनहरूमध्ये दैनिक प्रयोग गर्नुपर्ने मास्क पनि एक हो।
जब मास्क दैनिक जीवनमा प्रयोग गर्नैपर्ने वस्तु बन्यो एक जापानी रोबट कम्पनीले यसलाई अवसरको रूपमा लियो। दोनट रोबोटिक्सले अवसरको रूपमा उपयोग गर्दै स्मार्ट फेस मास्क निर्माण गरेको हो। उक्त मास्कले मुख छोप्ने मात्र नभएर आठ भाषा अनुवाद समेत गर्छ।
कम्पनीले कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने परिस्थितिमा सञ्चार गर्न सजिलो बनाउने हेतुले सो मास्क निर्माण गरेको बताएको छ।
मास्कले प्रयोगकर्ताको आवाजलाई ठुलो पार्ने तथा बोलेको बोलीलाई आठ फरक भाषामा अनुवाद गर्न सक्छ।
कम्पनीका सीईओ ताइसुकी ओनोले यो मास्क स्तरीय फेस मास्कको रूपमा निर्माण गरिएको बताएका छन्। सास फेर्न सजिलो हुनुपर्ने अनिवार्य भएकाले यसले कोरोना भाइरसबाट सुरक्षित पार्ने प्राथमिकता भने नराखेको उनले बताए। उनका अनुसार यो सेतो प्लास्टिक र सिलिकनले बनाइएको छ। यसमा एउटा माइक्रोफोन जडान गरिएको छ, जसलाई स्मार्ट फोनको ब्लूतुथसँग कनेक्ट गरिन्छ।
यसमा जडित प्रणालीले जापानी भाषा र चिनियाँ भाषा अनुवाद गर्ने सीईओ ताइसुकीले बताए। त्यस्तै कोरियन, भियतनामी, इन्डोनेसियन, अङ्ग्रेजी, स्पेनिस तथा फ्रेन्च भाषा पनि अनुवाद गर्ने उनले बताए।
कम्पनीले सिनामोन नामक अनुवाद गर्ने सफ्टवेर विकास गरेको थियो। तर जब कोरोनाले महामारीको रूप लियो तब उक्त योजना रोकियो। सोही योजना सञ्चालन गरिरहेका प्राविधिक र इन्जिनियरको समूहले फेस मास्कको नयाँ सोँच लिएर आए। अहिले विकसित मास्क सोही सोँचको प्रतिफल भएको सीईओ ताइसुकीले बताएका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द