पर्यटन राज्यमन्त्री समेतलाई राजीनामा गराएर वामदेव सांसद बनाउने तयारी

मङ्लबार, साउन ८, २०७५, । 

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद् बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । वामदेवले दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेको बताएका छन् ।

जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । डोल्पाका सांसद् धनबहादुर बुढाले भने राजीनामाबारे केही बोल्न नचाहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

०७४ को निर्वाचनमा बुढा ११ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका थिए । लामो समय राप्रपाको राजनीति गरेको बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभा मा पनि सभासद् बनेका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, साउन ८, २०७५ (July 24, 2018, 8:49 am) मा द्वारा पर्यटन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै