Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकको संख्या बढ्यो, एकै दिनमा ८७ जना भित्रिए

User Photo
शुक्रबार, अशोज १९, २०७५

गएका वर्षको तुलनामा यसवर्ष गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ । मासिक २ सयको अनुपातमा भित्रिने गरे पनि पछिल्लो समय यो नाकाबाट एकैदिनमा झण्डै ८७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१८ को सेप्टेम्बरमा २ सय १५ जना विदेशी पर्यटक भित्रिएकोमा अक्टोबरको ४ तारिकसम्म १ सय १२ जना पर्यटक गड्डाचौकी नाकाबाट भित्रिएको अध्ययागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।
यसरी भित्रिने पर्यटकहरुमा युरोप, अष्ट्रेलिया, पोल्याण्डलगायतका देशका नागरिक रहेका छन् ।

नेपाल सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यससँगै पर्यटन वर्षको प्रचारप्रसारका लागि विभिन्न ट्राभल्स एजेन्सीहरुले टुर प्याकेजका रुपमा पर्यटकहरु भित्र्याइ रहेका छन् ।

पर्यटन वर्षको प्रचारप्रसारका लागि भन्दै मल्ल ट्राभल्सले एकैदिनमा ८७ जना पर्यटकलाई गड्डाचौकी नाकाबाट नेपाल भित्र्याएको अध्ययागमन कार्यालय गड्डाचौकीका निमित्त प्रमुख पदमराज भट्टले बताउनुभयो ।

यसरी भारतको विभिन्न ठाँउ घुमेर गड्डाचौकी हुँदै नेपाल भित्र्एिका पर्यटकहरुको रोजाई  बर्दियाको ठाकुरा, पोखरा, काठमाडौं र चितवन परेको भट्टले बताउनुभयो ।

गड्डाचौकी नाकाबाट सन् २०१८ को हालसम्म २ हजार २ सय २१ जना पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१७ मा २ हजार ७ सय ४५ पर्यटक नेपाल भित्रिएका थिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.