
आन्तरीक तथा बाह्य पर्यटकको भरीभराउ हुने क्षेत्र कञ्चनपुरको (लिङ्गा) क्षेत्र भने अहिले सुनसान छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको दैजी बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको सिद्ध शिवलिङ्ग धाम (लिङ्गा) क्षेत्रमा अहिने पर्यटक आउन छोडेका छन् । यसकाे कारण हाे विश्वभर फैलिएको कोरोना भाईरस ।
देशमा लक डाउन भएपछि तेसको असर यो क्षेत्रमा पनि परेको हो । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको यो क्षेत्र अद्भूत मध्येको एक हो ।
सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति हेर्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गर्दथ्यो । शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले पुजा गरे मनले चिताएको पूर्ण हुने जानकार हरु बताउछन् ।
माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको बताउने गरीन्छ ।
चुरे पहाडको फेदमा झण्डै ५ सय मिटरमा फैलिएको लिङ्गाको दृष्यले हरेकको मन लोभ्याउछ ।
शिव भगवानको बास रहेको विश्वासमा स्थानीयले संरक्षण गरेको लिङ्गा क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ। अहिलेको वेदकोट नगरपालिका वडा नम्बर ४ मा पर्ने लिङ्गा क्षेत्रको संरक्षण सम्बद्र्धनमा स्थानीय सरकार जुटेको छ। भौतिक संरचना, सडक निर्माण लगायतका काम पनि नगरपालीकाले गरी रहेको छ । लिङ्गेश्वर धामको विकासका लागि नगरपालिकाको विशेष योजना ल्याउने वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द बताउनु भयो ।