कैलालीको सुखडमा सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा

शुक्रबार, चैत्र १८, २०७८, काठमाण्डौ । 

कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा १ सुखडमा नयाँ सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा आउने भएको छ । शुक्रवार घोडाघोडी जङ्गल रिसोर्ट प्रा.लिले पत्रकार सम्मेलन गर्दे होटेल सञ्चालनमा आउने कुरा युवा व्यवसायी सुरेन्द्र शाही ‘विवेक’ जानकारी दिए ।

तत्कालका लागि आंशिकरुपमा सञ्चालन भएको उक्त रिसोर्ट आगामी वैशाख ७ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने बताईएको छ । दुई करोड भन्दा माथिको लगानीमा लज सहित होटेल सञ्चालनमा ल्याएको उनले बताए । भिडभाड कोलाहल भन्दा शान्त वातावरण जङ्गल किनारमा बनाएको रिसोर्टमा एसी नन एसी सहितको सुविधा सम्पन्न कोठा, तालिम हल, पारिवारिक र क्याबिन छुट्टाछुट्टै रेस्टुरेन्ट प्रशस्त पार्कीङ्ग सुविधा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

रिसोर्टमा हरेक दिन विभिन्न स्थानीय परिकार स्वाद लिन समेत पाउने रिसोर्टका सञ्चालक सुरेन्द्र शाही ‘विवेक’ बताए । शान्त बातावरमा ग्राहकलाई सेवा दिनु नै हाम्रो रिसोर्टको मूल लक्ष्य भएको सञ्चालकले बताए । पर्यटन व्यवसायमा थप टेवा पुग्ने विश्वास लिएको छ । अरू होटेल भन्दा ५ रूपैया सस्तोमा सेवा सुविधा पाउन सकिन बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै टी भि टुडेका अध्यक्ष जनक राज पन्तले मध्यवर्ती क्षेत्रमा सुविधा सम्पन्न होटेल खुल्नु राम्रो भएको बताए । यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागी सुविधा सम्पन्न होटेल हुन सक्ने उनले बताए ।

पर्यटकको सुविधाको लागी गाडीको पनि व्यवस्था गरीएको घोडाघोडी जङ्गल रिसोर्ट प्रा.लिले बताएको छ । आकर्षक डिजाइन सहित निर्माण गरीएको अत्याधुनिक रिर्सोटले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा टिभी टुडे टेलिभिजनका अध्यक्ष जनक राज पन्त लगायत यस क्षेत्रका पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शुक्रबार, चैत्र १८, २०७८ (April 1, 2022, 8:15 pm) मा द्वारा पर्यटन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै