Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

सुनसहित भुटानी नागरिक पक्राउ

काठमाडौँ : अवैध रुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेको छ । उनी भुटानतर्फ जान लागेका थिए । त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।
मृत अवस्थामा फेला

बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित तिनाउ खोलाको किनारमा आज नाम, थर र वतन नखुलेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपराध अनुसन्धान तालीम समापन
जुनियर प्रहरी अधिकृतहरुका लागि सञ्चालित ३० औँ समूहको अपराध अनुसन्धान तालीम आज सुदूर पश्चिम क्षेत्रीय तालीम केन्द्रमा सम्पन्न भएको छ ।

सो अवसरमा तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल साहले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालीममा सिकेका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई कार्य क्षेत्रमा लागू गर्न निर्देशन दिनुभयो ।

कूल ३३ कार्य दिन अवधिको उक्त तालीममा ३० प्रशिक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading