Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

सल्यानमा घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

User Photo
बुधबार, भदौ १३, २०७५

सल्यान : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


advertisement

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको शाहीको भनाइ रहेको छ ।

घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.