बुधबार, भदौ १३, २०७५, ।
काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना बुधबार काठमाडौं आइपुगेका छन्।
आज दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ।