Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

श्रीलङ्कामा आक्रमणकारीसहित १५ जना मारिए

दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ

User Photo शनिबार, बैशाख १४, २०७६

सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् ।

सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र तीन जना महिला समेत रहेका छन् ।

शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।

देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरुले खोजी अभियान पनि जारी राखेका छन् ।

झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।

घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.