रमित पाण्डे , प्रतापपुर
प्रतापपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको उद्घाटन गरीएको छ । कैलाली क्षेत्र नम्बर २ का संघिय सांसद झपड रावलले आज धारा खोलेर खानेपानीको उद्घघाटन गर्नु भएको छ । २०६७ सालबाट सुरु भएको योजनाको जनतालाई आजबाट पानी खुवाउन सुरु गरीएको छ ।
बजार क्षेत्रका करीव १५० घरमा पानी पुगेको केहि घरमा पाईप पुगीसकेको पुग्न बाकिँ रहेको घरमा पनि पाएप बिछाएर यो वर्षभित्रै जनताको घरमा पानि पुगाउने आफुहरुको योजना रहको संस्थाका अध्यक्ष खेम मल्लले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले विकाशले गति लीईरहेको बेला खानेपानि पनि जनताको प्रत्येक्ष स्वास्थ्य संग जोडिएकोल खानेपानि प्रत्येक जनताको घर घरमा पुगाउन आफुहरु लागी परेको बताउनु भयो ।
पूर्व सांसद मान बहादुर महत्तवले आफुले उदघा्टन गरेको योजना पुरा हुन लाग्दा खुसि व्याक्त लागेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद नन्द बहादुर साउद राजेन्द्रले खानेपानिको योजनामा प्रदेश सरकारबाट सक्ने बजेट ल्याउने बताउनु भयो ।
नगर प्रमुख माहादेव बजगाईले लम्कीचुहा नगरपालीकाका प्रत्येक वडामा खानेपनानि पुर्याउने बताउनु भयो । कार्र्यक्रमा खानेपानि डिभिजन धनगडि प्रमुख मोहन कँवर,वडा नम्बर ९ का वडा अध्यक्ष राम प्रसाद चौधरी,वडा नम्बर ७ का अध्यक्ष हरीराम चौधरी लगायतकाले बोल्नु भएको थियो
