रमेश बजगाइ
असार २३, टिकापुर
कैलालीको टिकापुर बहुमुखी क्याम्पसकका उप प्राध्यापक तथा समाजसेवी सीताराम रिमालले बर्दिया गेरुवा गाउपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रीय गणेश माध्यमिक बिद्यालयमा १ लाख ५१ हजारको अक्ष कोष स्थापना गर्नु भएको छ ।
स्वर्गीय बुवा बाबुराम उपाध्याय र आमा जीव कुमारी उपाध्यायको स्मृतिमा समाजसेवी रिमालले बाबुराम जीव कुमारी अक्ष कोष स्थापना गर्नु भएको हो ।
बिद्यालयका प्रधानाध्यापक कुमार लामिछाने लाई सिताराम रिमालले एक कार्यक्रमका बिच चेक हस्तान्तरण गर्नु भएको छ ।
अक्ष कोष बाट आउने ब्याजले आर्थिक अवस्था कमजोर भएका १ छात्र र १ छात्राको पढाइमा खर्च गरिने छ ।
रिमाल हाम्रो मालिका एफ. एम. संचालक समितीका सदस्य हुन ।
