Naya Media
बुधबार, बैशाख २, २०८३
| | April 15, 2026
बुधबार, बैशाख २, २०८३

बर्दगोरियामा किसानको धान खरिद गर्न सरकारी काटा

User Photo बुधबार, मंसिर १३, २०८०
काठमाण्डौ ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा पहिलो पटक धान खरिद गर्न सरकारी काटा लाग्ने भएको छ । किसानहरुको समस्या लाई मध्य नजर गर्दै यसपाली बाट गाउँपालिकाको वडा नम्बर ६ पृथ्वीपुरमा धान खरिद हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको निरन्तरको फलोअप र प्रदेश कृषी मन्त्री रामेश्वर चौधरीको विषेश पहलमा धान खरिद गर्ने सरकारी काटा लाग्ने भए पछि किसान भने खुसी भएका छ्न । पालिका अध्यक्ष कुँवरले भने हामिले खाद्य संस्थान सङ्ग अगाडि बाटै धान खरिद गर्ने सरकारी काटा राख्न पहल गरि रहेका थियौ तर खाद्य संस्थानले प्रक्रियामा पठाउदा केही ढिलाई भयो ।

काटा लागेपछि अब भने बर्दगोरिया र आसपासका घोडाघोडी,जोशिपुर साथै लम्कीचुहाका लाई पनि सहज हुने छ । खाद्य संस्थान धनगढीकि प्रमुख इन्जिला बस्नेतले बर्दगोरियामा सरकारी काटा राख्ने प्रक्रियामा कर्मचारी व्यवस्थापन लगायत अन्य कुराले केही ढिलाइ भएको बताइन ।

उनले भनिन कैलालीमा गत कार्तिक १७ गते बाट टिकापुर,सत्ती,भजनी,धनगढी, र यसपालि बाट बर्दगोरियामा सुरु गरेको छौ । सरकारले धान खरिद ढिलो खरिद गर्दा किसान भने ब्यापारी लाई सस्तोमा बेच्न बाध्य छ्न । सरकारले भने किसान सङ्ग गत कार्तिक १७ गते बाट धान खरिद गर्न थालेको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.