Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

लाेकसेवा टिप्सः कम्प्युटर अपरेटर बन्न के गर्ने, कसरी तयारी गर्ने ?

User Photo
सोमवार, पुस २३, २०७५

कार्यालयमा कम्प्युटर अपरेटर विशेष दक्षता र क्षमता भएको सहायक स्तरको प्राविधिक पद हो ।

यसलाई डाटा इन्ट्री सुपरभाइजर, कम्प्युटर सहायक, कम्प्युटर टेक्निसियन आदि विभिन्न रूपमा लिइन्छ ।


advertisement

वार्षिक करिब २०० पदमा निजामती सेवा र संगठित संस्थाहरूका लागि आवश्यक कम्प्युटर अपरेटर पदको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्दछ ।

कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम लिएका व्यक्तिले निजामती सेवातर्फ यो पदमा आवेदन दिन सक्छन् ।

चार तहको सहायक कम्प्युटर अपरेटर पदका लागि एसएलसीसरह उत्तीर्ण गरी तीन महिनाको तालिम लिएको हुनुपर्दछ । संगठित संस्थाहरूतर्फ नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतमा कम्प्युटर विषयमा डिप्लोमा उत्तीर्ण भएको हुनुपर्दछ ।

अधिकांश संगठित संस्थामा निजामती सेवाकै योग्यता भएको व्यक्तिले यो पदमा आवेदन गर्न सक्छन् । अरू पदको जस्तो यसमा लिखित परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन, प्रयोगात्मक परीक्षामा समेत अब्बल हुनुपर्छ ।

कम्प्युटर अपरेटर बन्न के गर्ने ?

१. कम्प्युटर अपरेटर पदको पाठ्यक्रम राम्ररी अध्ययन गर्ने र पाठ्यक्रमको Topic अनुसार तयारी गर्ने,

२. यो पदका लागि Computer Fundamental, Operating System, Microsoft Office -Word, Excel, Powerpoint, Access, Webpage -HTML को राम्रो ज्ञान हुनुपर्दछ,

३. प्रायः लिखित परीक्षा ४५ मिनेटको वस्तुगत बहुवैकल्पिक प्रश्नको आधारमा लिइने भएकाले पाठ्यवस्तुको गहन अध्ययन जरुरी हुन्छ । लिखित परीक्षाको तयारी सँगसँगै प्रयोगात्मक परीक्षाको तयारी गर्नु उपयुक्त हुन्छ ।

४. कुनै कुनै संगठित संस्थामा विषयगत प्रश्नसमेत सोधिने भएकाले सोहीअनुसार लेखन सिपको अभ्यास गर्ने, अग्रजहरूसँग छलफल गर्ने, Internet मा विषयवस्तु Search गरी तयारी गर्ने ।

५. एउटा ३ देखि ५ जनासम्मको छरितो Core Team बनाएर तयारी गर्नु निकै फलदायक हुन्छ । प्रत्येक दिन पालैपालो एउटाले प्रश्नपत्र निर्माण गर्ने र अरूले त्यसको उत्तर दिने कार्यले अध्ययनमा निखारता ल्याउँछ र विषयवस्तुको प्रस्ट बोध हुन्छ ।

६. लिखित परीक्षा PMR प्रविधिको उत्तरपुस्तिकाको माध्यमबाट सञ्चालन हुने भएकाले PMR उत्तरपुस्तिकामा गोलो लगाउने अभ्यास परीक्षा अघि निकै पटक गर्ने ।

७. प्रयोगात्मक परीक्षाको राम्रो तयारी नगर्नाले धेरैजसो उम्मेदवार लिखित परीक्षामा उत्तीर्ण भएर पनि सफल हुन सकेका हुँदैनन् त्यसैले लिखित परीक्षाको तयारी गर्दा नै दिनहुँ कम्तीमा १ घण्टा प्रयोगात्मक परीक्षाको अभ्यास गर्ने ।

८. Practical Exam मा नेपाली टाइपिङको १५ अंक र अंग्रेजी टाइपिङको ५ अंक हुने भएकोले टाइपिङको अभ्यास निरन्तर गर्ने । १० मिनेटमा कम्तीमा ३०० नेपाली शब्द र ५ मिनेटमा १५० अंग्रेजी शब्द टाइप गर्न सकेमा प्रयोगात्मक परीक्षामा सजिलै उत्तीर्ण हुन सकिन्छ ।

९. सकेसम्म धेरै भन्दा धेरै प्रश्न तयार गरी अध्ययन र अभ्यास गर्ने । लोकसेवा आयोगबाट सोधिएका पुराना प्रश्नको अभ्यास गर्ने ।

१०. लिखित परीक्षा र प्रयोगात्मक परीक्षापश्चात् अन्तर्वार्ता हुने भएकाले अन्तर्वार्ताको तयारी लिखित परीक्षाको नतिजापश्चात् गर्न सकिन्छ । अन्तर्वार्ताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग, यसका फाइदा, देशको विकासमा प्रविधिको प्रयोग गर्न सकिने अवस्था, Digital Divide, Current Trends सम्बन्धमा प्रश्नहरू सोध्ने सम्भावना हुने भएकाले सोहीबमोजिम आफ्नो आत्मविश्वास निर्माण गर्दै तयारी गर्ने ।

सरकारी संस्थाहरूका अतिरिक्त बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रमा समेत कम्प्युटर अपरेटर पदको माग भइरहेको हुन्छ । आफूसँग ज्ञान, सिप र क्षमता हुँदा हुँदै पनि पाठ्यक्रमअनुसार राम्रो तयारी र अभ्यास भएन भने सफल हुन कठिन हुन्छ । तसर्थ, पाठ्यक्रमअनुसार ज्ञान हासिल गर्दै प्रयोगात्मक अभ्यासलाई निरन्तरता दिएमा सजिलै कम्प्युटर अपरेटर बन्न सकिन्छ ।

साथै कम्प्युटरमा ज्ञानकाे कमी छ भने कुनै पनि राम्राे, अावश्यक पाठ्यक्रम अनुसार सिकार्इने ठाउँमा क्लास लिनु पर्छ । यसका लागी सस्ताे र राम्राे तथा सम्बन्धीत विषयका अनुभवि शिक्षक द्वारा सिकार्इने ठाउँ हाे, नयाँ बानेश्वर  स्थित “Professional Training and Education Consultancy । जस्काे वेवसार्इट रहेकाे छ, www.professionaleducation.com.np, साथै फाेन -01-6924805 र माे.नं. रहेकाे छ 9851199987 । कम्प्युटर अपरेटर काेर्सका लागी परिक्षा तथा शिप केन्द्रित कक्षाहरू जुन सुकै समयमा सञ्चालन हुन्छन ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.