Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

देउवाको शुभकामना मजदुर दिवसको अवसरमा

मजदुर आन्दोलनको प्रशंसा गर्दै

User Photo बुधबार, बैशाख १८, २०७६
काठमाण्डाै ।

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गरेका छन् ।

१३० औं मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले शुभकामना बाँडेका हुन् ।

शुभकामना सन्देशमा देउवाले विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गरेका छन् ।

‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’, देउवाले कांग्रेस नेतृत्वको मजदुर आन्दोलनको प्रशंसा गर्दै लेखेका छन् ।

२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको स्मरण पनि देउवाले आफ्नो शुभकामना सन्देशमा गराएका छन् ।

नेपाली श्रमिक अझै पनि अनेक समस्यामा रहेकाले उनीहरुको हक, हित सुरक्षाका लागि कांग्रेसले साथ दिने प्रतिबद्धता देउवाले जनाएका छन् ।

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएकाले आफ्नो ठाउँबाट सजगतापूर्वक अघि पनि पनि देउवाले सबैमा आग्रह गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.