
सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।
करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।
स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने बताए । उनले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी दिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द