Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेपाली कामदार इजरायल पठाउन आवेदनको माग गर्ने तयारी

User Photo शुक्रबार, फाल्गुन २८, २०७७
काठमाण्डाै ।

नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।

गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजरायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिए ।

उनले भने, “यो कार्यविधिले विशेषगरी इजरायल पठाउने श्रमिकको योग्यता, क्षमतालगायत छनोट प्रक्रियाका बारेमा स्पष्ट गर्नेछ र यही आधारमा आवेदनको माग गरिनेछ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.