बिहीबार बिहान सूर्योदयसँगै काठमाडौं उपत्यकामा रोचक दृष्य देखिएको छ । उपत्यकाबासीले बिहान उठ्नासाथ आफ्नै घरबाट सेताम्य हिउँको दुर्लभ दृष्य देख्न पाएका छन् । राष्ट्रिय समाचार समितिका अनुसार काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ ।
रातभर परेको पानीसँगै काठमाडौं उपत्यका वरिपरिका डाँडाहरु हिउँले ढाकिएका छन् । कीर्तिपुर, पातले वन, चन्द्रागिरि, फुल्चोकी आसपासका डाँडाहरु हिमाल जस्तै सेता देखिएका छन् । भक्तपुर जिल्लामा पर्ने सूर्यविनायक, साँगा, नगरकोट लगायतका डाँडामा पनि हिउँ परेको जानकारीमा आएको मौसमविद सुजन सुवेदीले बताए ।
बिहीबार बिहान काठमाडौं उपत्यकाको मौसम खुलेको छ र पारिलो घाम लागेको छ । तर, दिउँसो भने पुनः बदली हुने र अपराह्न छिटपुट वर्षा हुनसक्ने मौसमविद सुवेदी बताउँछन् । बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकामा १६.२ मिलिमिटर पानी परेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द