Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 25, 2026
आइतवार, बैशाख १३, २०८३

मुलुकभर मौसममा बदली, बर्षा सहित हिमपातको सम्भावना

User Photo मङ्लबार, चैत्र १२, २०७५

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ ।

मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ ।

पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.