Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

नेकपामा असन्तुष्टिः अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा

कार्यकर्ताको हुर्मत लिने काम नगरियोस्

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए हुन् भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् ।

तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको छ । यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् । विचित्रको एकता भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं. २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’

अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए ।

त्यस्तै ‘अनेरास्ववियू’ को सहसंयोजक तोकिएका रञ्जित तामाङ पनि सन्तुष्ट छैनन् । तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष रहेका उनी नेतृत्वको दावेदार थिए । अनेरास्ववियूका महासचिव महरलाई संयोजक दिएर आफूलाई सहसंयोजक बनाएकोमा असन्तुष्ट तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’

आफ्नो अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा छन् । नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।

त्यसैले तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्, ‘एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनिसमेत पनि हैन, महासचिवभन्दा मुनि राखेर विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला, कमसेकम विधि चाहिँ हैन ।’

यदि रञ्जित तामाङ महरको नेतृत्वमा बस्न तयार नभएकाले बस्नेत सहसंयोजक बन्ने लगभग पक्का जस्तै छ । अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले पनि आफ्ना असन्तुष्टि फेसबुकमार्फत नै सार्वजनिक गरेका छन् । उनले नेतृत्वलाई सुझाव भन्दै लेखेका छन्, ‘पाइलापिच्छे फरक मापदण्ड निर्माण गरेर कार्यकर्ताको हुर्मत लिने काम नगरियोस् । विश्वासको धरातल कमजोर भयो भने अहंकारको पर्खाल गर्ल्याम गुर्लुम ढल्न कुनै आइतबार कुर्नु पर्दैन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.