Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

साफ च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

User Photo आइतवार, भदौ २४, २०७५

काठमाडौं । साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले सुन्दर गोल गरे । खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए। उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए। विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो। सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो।

दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराएपनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे। नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो। सुनील बलको थ्रु पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे।

विमलको प्रहारबाट हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो। सागरले सन् २०११ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा पनि उनी मोहम्मदले पोष्ट सम्हालेका थिए।

यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान र बंगलादेशको पनि समान ६–६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो। नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो। तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.