Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

रेनेस फ्रेन्च कप विजेता हुँदा एम्बाप्पेलाई रातो कार्ड

User Photo आइतवार, बैशाख १५, २०७६

लगातार पाँच पटकको च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)लाई सडनडेथमा ६–५ गोलले हराउँदै फ्रेन्च कप फुटबलको उपाधि रेनेसले जितेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलकाे निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो ।

अतिरिक्त समयमा दुवै टाेलीले गोल गर्न सकेनन् । त्यससँगै टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरे । सडनडेथमा पुग्दा रेनस भाग्यमानी बन्यो । रेनेसले सन् १९७१ पछि पहिलो पटक फ्रेन्च कप उपाधि जितेको हो । रेनेसको यो तेस्रो उपाधि हो । यता पीएसजी सन् २०११ यता पहिलो पटक फाइनलमा पराजित भयो ।

पीएसजीले १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । त्यसपछि स्टार स्ट्राइकर नेइमारले २१ औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा पीएसजीका प्रेस्नेल किम्पेम्बेको प्रहार आत्मघाती गोलमा परिणत भएपछि रेनेसले खेलमा पुनरागमनको मौका पायो । ६६ औं मिनेटमा मेक्सरले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । खेल सकिन दुई मिनेट बाँकी छँदा एमबाप्पे रातो कार्ड पाउँदै बाहिरिए । उनले रेनेसका खेलाडीलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।

त्यससँगै टाइब्रेकरमा पुगेको खेलमा दुवै टोलीले ५-५ गोल गरे । सडन डेथमा रेनेसका स्माईला सारले गोल गरे । पीएसजीका क्रिस्टोफर एनकुन्कुले मिस गरेपछि रेनेस च्याम्पियन बन्ने भाग्यमानी बनेकाे हाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.