Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

३४ रनले मुम्बई पराजित

कोलकत्ता पाँचौं स्थानमा

User Photo सोमवार, बैशाख १६, २०७६
काठमाण्डाै ।

कोलकत्ता नाइट राईडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको छ । इडेन गार्डेन्स मैदानमा आइतबार राति भएको खेलमा कोलकत्ताले दिएको दुई सय ३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन मात्र बनाएको थियो ।

मुम्बईका हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकी इनिङ खेले । सूर्यकुमार यादवले २६ र कुर्नाल पाण्डयाले २४ रन बनाए । बलिङमा कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए । रसेलले अविजित ८० रन बनाएका थिए । गिलले ७६ र लानले ५४ रन बनाए । बलिङमा मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले एक-एक विकेट लिए । जितसँगैे १२ खेलबाट १० अंक बनाएको कोलकत्ता पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको मुम्बईको समान खेलबाट १४ अंक छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.