Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

६४ मेगापिक्सेल क्यामरा भएका स्मार्टफाेन ल्याउदै सामसुङ कम्पनी

स्लो मोसन भिडियो समेत खिच्न सकिने

User Photo शुक्रबार, बैशाख २७, २०७६
काठमाण्डाै ।

स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन ।

गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामराका साथ स्मार्टफोन क्यामराको बजारमा तहल्का मच्चाएको थियो । यसपटक चाहिँ एक कदम अघि बढ्दै सामसुङले ६४ मेगापिक्सेल स्मार्टफोन क्यामरा तयार गर्दैछ ।

यो ६४ मेगापिक्सेल आइसोसेल ब्राइट जी डब्लु वान क्यामरा सेन्सरले सामसुङको टेट्रासेल प्रविधि प्रयोग गर्नेछ । साथै यो सेन्सरले १ सय डेसिबल सम्मको रियल टाइम हाइ डाइनामिक रेन्ज (एचडीआर) सपोर्ट गर्नेछ ।

यो क्यामरामा सुपर फेस डिटेक्सन अटो फोकस टेक्नोलोजी पनि हुनेछ, जसले प्रष्ट तस्वीर खिच्न सघाउनेछ । यसले स्लो मोसन भिडियो समेत खिच्न सकिनेछ ।

सामसुङको यो स्मार्टफोन क्यामरा सेन्सर अहिले नमूना परीक्षण उत्पादनको चरणमा रहेको र यो वर्षको उत्तरार्धतिर व्यवसायिक उत्पादन थालिनेछ । सासमुङका यी स्मार्टफोन क्यामरा उत्पादन भएसँगै बजारमा ६४ मेगापिक्सेल क्यामरा भएका स्मार्टफोन पनि आउने छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.