Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

मेस्सीले मिल्नरलाई मैदान मै ‘गधा’ भनेपछि …

मेस्सी धेरै रिसाए

User Photo मङ्लबार, जेष्ठ १४, २०७६
काठमाण्डाै ।

इङ्लिस क्लब लिभरपुलका कप्तान जेम्स मिल्नरले स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफुलाई मैदानमा मुख छाडरे ‘गधा’ भनेको आरोप लगाएका छन् । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको सेमिफाइनलको पहिलो लेगमा मेस्सीले आफुलाई ‘गधा’ भनेको मिल्नरले बताएका छन् ।

पहिलो लेगमा बार्सिलोना ३–० गोलले विजयी भएको थियो । उक्त खेलमा मेस्सीलाई मिल्नरले ट्याकल गरेका थिए । मिल्नरले फलहाने पछि मेस्सीले स्पेनिस भाषामा गाली गरेका थिए । त्यतिबेला मैदानमा मिल्नर र मेस्सीको विवाद पनि भएको थियो । मिल्नरले हालै मिडियामा उक्त कुराको खुलासा गरेका छन् । मिल्नरले त्यतिबेला आफुले स्पेनिस भाषा नबुझेको र पछि मात्र थाहा पाएको पनि बताए ।

‘मैले फलगर्दा मेस्सी धेरै रिसाएका थिए । उनी स्पेनिस भाषामा मलाई ‘बुर्रो’ भनेर गाली गरिरहेका थिए, यसको अनुवाद ‘गधा’ हुने रहेछ,’ मिल्नरले भनेका छन् । मिल्नरले मेस्सीले प्रयोग गरेको शब्द स्पेनिस फुटबलमा धेरै प्रयोग हुने गरेको आफुले पछि मात्र थाहा पाएको पनि बताए ।

पहिलो लेगमा सानदार जित हात पारेको बार्सिलोनालाई लिभरपुलले घरेलु मैदान एनफिल्डमा खेलिएको दोस्रो लेगमा खेल उल्टाउँदै ४–० गोलले हराएको थियो । त्यसपछि निराश बनेको बार्सिलोना अझै शोकमा छ । चोटमाथि चोट खेपेको बार्सिलोना आइतबार मात्र स्पेनिस कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग २–१ गोलले पराजित भयो । यस हारले बार्सिलोनामा थप सन्नाटा छाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.