Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

धेरै सुन्दरी भएकाे भन्दै युवतीलाई ट्राफिककाे चिट, साेसल मिडियामा चिट सार्वजनिक भए संगै हंगामा

User Photo मङ्लबार, जेष्ठ २८, २०७६
काठमाण्डाै ।

उरुग्वेको पेसेन्दु सहरमा हालै एउटा यस्ताे घटना सार्वजनिक भएको छ, जुन सुन्दा अचम्म लाग्छ । अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् । समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो ।

ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ । ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे ।

जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।

यो घटनाबारे प्रहरीको माथिल्लो निकायले जाँचबुझ गरिरहेको बताइएको छ । यदि ती ट्राफिक प्रहरी दोषी पाइएमा उनलाई निलम्बनको कारवाही हुनसक्ने समाचारमा उल्लेख छ । एजेन्सीको सहयोगमा


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.