उरुग्वेको पेसेन्दु सहरमा हालै एउटा यस्ताे घटना सार्वजनिक भएको छ, जुन सुन्दा अचम्म लाग्छ । अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् । समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो ।
ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ । ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे ।
जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।
यो घटनाबारे प्रहरीको माथिल्लो निकायले जाँचबुझ गरिरहेको बताइएको छ । यदि ती ट्राफिक प्रहरी दोषी पाइएमा उनलाई निलम्बनको कारवाही हुनसक्ने समाचारमा उल्लेख छ । एजेन्सीको सहयोगमा
