Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

‘आई लभ यू’ सम्म नभनेरै साैगात र श्रृष्टी लिभिङ टुगेदरमा

User Photo शुक्रबार, असार ६, २०७६
काठमाण्डाै ।

नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्ल अहिले प्रेमको उचाइमा उडिरहेका छन् । सौगात र श्रृष्टीको माया हेर्दा लाग्छ, यी दुइ एक अर्काकै लागि बनेका हुन् । सौगात मल्लका कारण श्रृष्टीले निरन्तर चलचित्रमा काम पाइरहेको चर्चा पनि हुने गर्दछ । चलचित्र ‘मासु भात’पछि सौगात र श्रृष्टी अहिले चलचित्र ‘पोई पर्यो काले’ नामक चलचित्रमा काम गरिरहेका छन् ।

वुझिएअनुसार, सौगातकै कारण श्रृष्टी यो चलचित्रमा अनुवन्धित भएकी हुन् । सौगात र श्रृष्टी केही समयदेखि लिभिङ टूगेदरमा पनि छन् । एक अर्कालाई अहिलेसम्म ‘आई लभ यू’ भनेरै प्रेम प्रस्ताव नराखेको यो जोडी मायाको यात्रामा तरंगित छ ।

चलचित्रको छायांकन सेटमा श्रृष्टी र सौगातको लोभलाग्दो माया देखिएको छ । श्रृष्टी आफैले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीर हेर्दा पनि लाग्छ, यी दुई मायाको नयाँ परिभाषा कोरिरहेका छन् । श्रृष्टीले लेखेकी छिन्–‘हे कान्छा मलाई फूलको झुम्का लगाइदेउन’ । छायांकन सेटमा देखिएको यो प्रेम आशक्तीले पनि यी दुइ कुन गहिराइको प्रेममा पौडिरहेका छन् भन्ने वुझिन्छ । याे सामाग्री अनलाइन खबरबाट लिइएकाे हाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.