Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सेयर बजारमा झिनाे सुधार

User Photo आइतवार, असार २९, २०७६
काठमाण्डाै ।

साताको पहिलो दिन सेयर बजार स्थिर देखिएको छ । बजार ०.९५ अंक अर्थात ०.०८ प्रतिशतको झिनो वृद्धि देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ०.९५ अंकले वृद्धि भएर १२४९.४९ मा पुगेर बन्द भएको हो ।

होटल, जलविद्युत्, विकास बैंक, जीवन बीमा लगायतका आधा दर्जन उपसमूहरु हरियाली देखिएका छन् भने बैंकिङ, फाइनान्स, उत्पादनमूलक कम्पनीका साथै लघुवित्त समेत गरी ५ वटा उपसूचक राताम्मे देखिएका छन् ।

कारोबार रकम २९ करोड पनि पुग्न सकेन । दिनभर भएका ४ हजार ९ सय २१ कारोबारबाट १६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा आइतबार नागरिक लगानी कोष देखिएको छ । यसको २ करोड ५३ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.