Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सेभिया शीर्ष स्थानमा

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।

सेभियाको कठिन जितमा जोन जोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाले चार खेलबाट १० अंक बनाएको छ । पाँच अङ्क बनाएको अलाभेस ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डको नौ अंक छ तेस्रो र चौथो स्थानमा रहेका रियल म्याड्रि«ड र बिल्बाओको समान आठ अंक छ ।

अर्को खेलमा ग्रानाडाले सेल्टाभिगोलाई २–० गोलले हरायो । ग्रानाडाको जितमा जर्मन सान्चेजले ४५औं र एन्जल हरेराले ५४औं मिनेटमा गोल गरेका थिए । जितँगै सात अंक बनाएको ग्रान्डा छैटौं स्थानमा छ ।

सात नै अंक बनाएको साविक विजेता बार्सिलोना पाँचौं स्थानमा छ । चार अंक बनाएको सेल्टाभिगो १६औं स्थानमा छ । अन्य खेलमा स्पान्योलले इबरलाई २–१ गोलले हराएको छ ।

ओसासुना र रियल भालाडोलिड तथा गेटाफे र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.