Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

बिग मर्जर हुनेमा पहिलो बन्याे ग्लोबल आईएमई बैङ्क

ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्ज

User Photo शुक्रबार, मंसिर २०, २०७६
काठमाण्डाै ।

नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका हुन् । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकिकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरेका छन् । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।

यसअघि रहेको बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकिकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो ।

चुक्तापुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्क निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ । मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।

मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । र बैङ्कको सेयर सदस्य तीन लाख माथि रहेको बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाले जाकारी दिएका छन् । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैङ्कको सेवाग्राही(ग्राहक) संख्या २० लाख माथि पुगेको समेत कार्यक्रम मार्फत बैङ्कले जानकारी गराएको छ ।

राष्ट्र बैङ्कको नीति अनुरुप ग्लोबल र जनता बैङ्कबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्र(एमओयु)मा हस्ताक्षर भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.