Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

पाम तेलकाे याेगदान, उत्पादन नेपालमा हुँदैन तर पाँच महिनामा नेपालबाटै सबैभन्दा धेरै निर्यात

निर्यात मात्र हैन नेपालमा धेरै आयात हुने मध्ये छैटौँ स्थानमा पनि पाम तेल

User Photo शुक्रबार, पुस १८, २०७६
काठमाण्डाै ।

चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालको निर्यातले विगतको तुलनामा केही धेरै वृद्धिदर हासिल गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको मङ्सिरसम्म नेपालबाट ४७ अर्ब ६१ करोड ६८ लाख रुपियाँको निर्यात भएको छ । जुन् अघिल्लो आवको मङ्सिरसम्मकै तुलनामा २६.९७ प्रतिशतले बढी हो । निर्यातमा भएको यति ठूलो वृद्धिदरका पछाडि पाम तेलको योगदान मुख्य रहेको तथ्याङ्कले देखाउँछ ।

पाम तेल नेपाली बजारका लागि नयाँ हो । यसको उत्पादन नेपालमा हुँदैन तर यो पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुनेमा पर्दछ । यो अवधिसम्म कुल ११ अर्ब ५२ करोड रुपियाँको यो तेल निर्यात भएको छ । यो कुल निर्यातको २४.१९ प्रतिशत हिस्सा हो । निर्यात मात्र हैन नेपालमा धेरै आयात हुने वस्तुमध्ये छैटौँ स्थानमा पनि पाम तेल नै छ ।

समीक्षा अवधिसम्म नेपालले इन्डोनेसियाबाट नौ अर्ब ९४ करोड रुपियाँको कच्चा पाम तेल आयात गरिसकेको छ । विदेशबाट कच्चा पाम तेल ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर भारतबाट पठाउने प्रवृत्ति पछिल्लो समय नेपालको निर्यात बजारमा देखिएको छ । भारतले तेस्रो देशबाट आयात हुने वस्तुमा ४० प्रतिशत भन्सार शूल्क लगाएपछि नेपाल हुँदै भारतीय बजारमा पाम तेल पुग्ने गरेको छ ।

नेपालबाट भारतमा पाम तेल निर्यात गर्दा भन्सार सहुलियतको सुविधा रहेकोले भारतीय व्यापारीले नेपालबाटै यसको आयात गर्न थालेका छन् । कच्चा पाम तेलमा न्यूनतम ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर भारतमा प्रशोधित पाम तेल निर्यात हुने गरेको हो । यसका लागि मुख्य गरी विराटनगरमा प्रशोधन उद्योग सञ्चालनमा छन् । पाम तेलपछि निर्यातमा गलैँचा दोस्रो स्थानमा छ । पाँच महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड रुपियाँको निर्यात भएको छ । त्यसपछि सोयाबिन तेल तीन अर्ब आठ करोड, धागो एक अर्ब ४७ करोड, चिया एक अर्ब ३५ करोड रुपियाँको निर्यात भएको छ ।

विभागका अनुसार नेपालले पाँच महिनामा छ खर्ब २८ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये पाँच खर्ब ८१ अर्ब रुपियाँको आयात भएको छ जुन अघिल्लो पाँच महिनाको तुलनामा ४.२४ प्रतिशतले कम हो । यस अवधिमा नेपालको व्यापार घाटा पाँच खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो मङ्सिरसम्मको तुलनामा ६.३० प्रतिशतले कम हो । अघिल्ला महिनामा आयात घट्दो क्रममा रहे पनि मङ्सिरसम्म आइपुग्दा यस्तो घट्दो क्रम भने खुम्चिँदै गएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.