Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना भाइरसले चीनमा २५ को मृत्यु, १७७ गम्भीर बिरामी

नियन्त्रणका लागी विभिन्न क्षेत्रमा हवाई र सवारी यातायात सञ्चालनमा रोक

User Photo शुक्रबार, माघ १०, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।

संक्रमण थप फैलने चिन्ता

कोरोना भाइरसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ ।

भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।

यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ ।

बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.